काठमाडौं, साउन १८ । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेर रातिदेखि हिरासतमा राखेको छ । राष्ट्र, राष्ट्रियता, धर्म तथा संस्कृति बचाउ महाअभियानका केन्द्रीय संयोजक समेत रहेका प्रसाईलाई प्रहरीले आइतबार राति नियन्त्रणमा लिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली र जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्यबहादुर खड्काको टोलीले प्रसाईंलाई राति १०:२२ बजे नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखेको छ ।
प्रसाईंले हिजो दिउँसो पत्रकार सम्मेलन गरेर आन्दोलन गर्ने घोषणा गरेका थिए । सार्वजनिक शान्ति सुरक्षाको कसुरमा पक्राउ गर्न प्रहरीको टोली राति १०:२२ बजे निकोसेरास्थित निवास पुगेको थियो । प्रहरीले प्रसाईंलाई आज अदालतबाट म्याद थपेर अनुसन्धान गर्ने भएको छ ।




प्रतिक्रिया