काठमाडौं, साउन १८ । प्रख्यात औद्योगिक घराना देवनरा मुन्दडा समूहको घरमा प्रहरीले छापा हानेको छ। आज बिहानदेखि मुन्दडा निवासमा प्रहरीले छापा मारेको हो।
सूचनाका आधारमा मुन्दडा निवासमा छापा मारिएको मोरङ प्रहरी प्रहरी प्रमुख एसपी कविक कटवालले पुष्टि गरे। मुन्दडा नेपाल उद्योग परिसंघ कोशीका वरिष्ठ उपाध्यक्ष तथा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष पनि हुन्।
विराटनगर महानगरपालिका–७ मा रहेको देवेनरा ग्रुपको आवासमा प्रहरीले बिहान ५ बजेदेखि छापा मारेको हो। छापा मार्ने क्रम अहिले पनि जारी छ।
देवेनरा विराटनगरका उद्योगपति देवकिसन मुन्दडा, वेणुगोपाल मुन्दडा, नरेन्द्र मुन्दडा र राजेन्द्र मुन्दडाको संयुक्त लगानीमा सञ्चालित औद्योगिक घराना हो। यी चार दाजुभाइ हुन्। यो समूहले तेल, साबुन, अगरबत्ती लगायत उत्पादन गर्छ। यो समूह नेपालको सबभन्दा ठूलो चाँदी उधोग सञ्चालक पनि हो।
मुन्दडा समूहले जेजे ज्वेलर्स नामको चाँदीका गहना उद्योग, बाबा आयल रिफाइनरी, हाइलाइफ चप्पललगायतउद्योग सञ्चालन गर्दै आएको छ।




प्रतिक्रिया