काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को नयाँ उपकुलपति छनोट तथा सिफारिस समितिले ३५ जना आवेदकहरूबाट १० जना उम्मेदवारको नामावली सार्वजनिक (सर्टलिस्ट) गरेको छ। समितिले सोमबार संक्षिप्त सूची प्रकाशन गर्दै अघिल्लो चरणका प्रक्रिया अघि बढाएको हो।
सर्टलिस्टमा परेका उम्मेदवारहरूमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइटेल, विकाश नकर्मी, बिमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सन्जेल, सुवोध शर्मा र हरिप्रसाद न्यौपाने रहेका छन्।
सिफारिस समितिका अनुसार सर्टलिस्टमा परेका यी १० जना उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता आगामी साउन २२ गतेका लागि तय गरिएको छ। प्रस्तुत कार्ययोजना र अन्तर्वार्ताका आधारमा समितिले उत्कृष्ट ३ जनाको नाम कुलपति एवं प्रधानमन्त्रीसमक्ष सिफारिस गर्नेछ, जसमध्येबाट एक जनालाई काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरिनेछ।




प्रतिक्रिया