राष्ट्रियसभाः मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस


काठमाडौँ, १८ साउन । राष्ट्रियसभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८०/८१ र आर्थिक वर्ष २०८१/८२’ को वार्षिक प्रतिवेदन पेस गरिन् ।

बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ प्रस्तुत गरिरहेका छन् ।