चितवन, २० साउन । जिल्लाका विभिन्न स्थानबाट ५७ जना जुवाडेलाई नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद गरिएको छ । जिल्लाका विभिन्न पाँच स्थानबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवले जानकारी दिए । पक्राउ परेका सबैलाई जुवा कसुरअन्तर्गत कारबाहीका लागि अनुसन्धान भइरहेको छ । कतिपय मुद्दा अनुसन्धान सकेर जिल्ला प्रशासन कार्यालय पठाइसकिएको उनले बताए ।
कार्यालयले गत आर्थिक वर्षमा १०१ जना जुवाडे पक्राउ गरी कारबाही गरेको थियो । उनीहरूबाट रु १२ लाख नौ हजार ३६५ बरामद गरिएको थियो । उनीहरूलाई समेत जुवा कसुरमा कारबाही गरिएको थियो । पछिल्लो समय जुवा खेल्ने स्थानमा प्रहरीले खोजतलास बढाएको छ ।




प्रतिक्रिया