काठमाडौं, साउन २१ । रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक महेन्द्र राजमार्गमा आज बिहान पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनाग्रस्त भई आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ।
बिहान करिब ५ः३० बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर सडकमा आएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिने किनारमा पल्टिएपछि अचानक आगलागी भएको हो।
आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा क्षति भएको भए पनि घटनामा कुनै मानवीय क्षति भएको छैन। १३ हजार लिटर पेट्राmे बोकेको ट्याङ्करमा लागेको आगो दमकलको सहयोगमा बिहान सात बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। ट्याङ्कर चालक बाराको सिमरा उपमहानगरपालिका–११ निवासी २५ वर्षीय समिर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया