बागमती, २२ साउन । हेटौँडा उपमहानगरपालिकालाई सुन्दर, सफा, र हराभरा पालिका बनाउन आजदेखि पालिकाले नगरलाई ‘शून्य फोहर’ महाअभियान सुरु गरेको छ ।
पालिकाले नगरलाई चालु आर्थिक वर्ष २०८३/८४ लाई पर्यटन वर्ष घोषणा गरेका कारण आजदेखि शून्य फोहर महाअभियान सुरु गरिएको हो ।
पालिका आसपासका सबै क्षेत्र, सरकारी कार्यालय, वडा कार्यालय, बैंक, विद्यालयलगायत सङ्घसंस्था र विभिन्न कार्यालयमा बिहान ९ः०० बजेदेखि १०ः०० बजेसम्म कार्यालय परिसरमा सरसफाइ गरी महाअभियान सुरु गरिएको वन, वातावारण तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख सत्यदेवी अधिकारीले बताए ।




प्रतिक्रिया