दाङ, २२ साउन । स्थानीय राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीले छिमेकीको घरको भित्तामा ठोक्किएर निजको बिहीबार मृत्यु भएको प्रराम्भिक अनुमान गरेको छ । मृतक केसी, तुलसीपुर उपमहानगरपालिका–१० का २८ वर्षीय युवा हुन् ।
आज बिहान घरबाट दूध वितरण गर्न गएका केसीको शव स्थानीयले लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शव परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए ।




प्रतिक्रिया