काठमाडौं, साउन २३ । विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीका बुबा जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ। अर्जेन्टिनाको सञ्चारमाध्यम ‘इन्फोबाए’का अनुसार लामो समयदेखि बिरामी रहेका जर्जको रोसारियोस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। खवर अनुसार उनको स्वास्थ्य अवस्था पछिल्लो समय निकै कमजोर बनेको थियो ।
उत्तर अमेरिकामा भएको फिफा विश्वकपमा अर्जेन्टिना उपविजेता बन्दा जर्ज देखिएका थिएनन् । मेसीकी पत्नी एन्टोनेला रोकुज्जो र उनका तीन छोरा थियागो, माटेओ र सिरो मात्रै खेल हेर्न पुगेका थिए ।
मेसीकी आमा सेलियाले अन्य छोराहरू रोड्रिगो, माटियास र मारिया सोलसँगै पतिको हेरचार गरेकी थिइन् । मेसी विश्वकपमा उपविजेता बनेलगत्तै घर पुगेका थिए । पछिल्लो साता मात्रै उनी अमेरिका फर्किएका थिए । अमेरिका पुगेपछि उनले मात्र दुई खेल खेल्न भ्याएका हुन् ।




प्रतिक्रिया