काठमाडौं, साउन २८ । अविरल वर्षापछि आएको पहिरोमा परेर रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा २ जनाको मृत्यु भएको छ। बुधबार साँझ आएको पहिराले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब आधा दर्जन घर तथा गोठ पुरिँदा १० जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख रोल्पाले जनाएको छ ।
प्रहरी टोलीले खोज तथा उद्धारका क्रममा १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगर पहिरोमा पुरिएर मृत्यु भएको अवस्थामा फेला परेका हुन्। प्रतिकूल अवस्था र निरन्तर वर्षाका कारण तत्काल शव निकाल्न कठिनाइ भएको प्रहरीले जनाएको छ।
पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन्। उनीहरूको प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरिएको छ । निरन्तर वर्षा र जोखिमपूर्ण भू–भागका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । घटनास्थल सदरमुकामदेखि करिब २६ कोष उत्तर पुर्वमा पर्दछ।




प्रतिक्रिया