काभ्रेको खानीखोलामा जिप दुर्घटना: २ जनाको मृत्यु, ३ गम्भीर



काठमाडौं । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-१ स्याउलीथलीमा बोलेरो जीप दुर्घटना भएको छ । पनौती–तालढुंगा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा सोमबार नम्बर नखुलेको जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार उक्त दुर्घटनामा परी दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा माझीका बुबा कलबबहादुर माझी र खानीखोला-२ की पातलीमाया मोक्तान रहेका छन् ।

घटनास्थलमा उद्धारका लागि प्रहरी टोली तथा एम्बुलेन्स खटिएको छ । दुर्घटनाबारे थप विवरण खुल्न बाँकी रहेको छ