अब रास्वपा सांसदले संसद् बैठकमा अनुपस्थित भए फारम भर्नुपर्ने

File Photo


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूका लागि संसद् बैठकमा अनुपस्थित भए फारम भर्नुपर्ने नयाँ व्यवस्था लागू गरेको छ।

बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले अनुपस्थिति फारम भर्ने व्यवस्था गरिएको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए । 

उनका अनुसार, संसद् बैठकमा पूरै उपस्थित हुन नसक्ने, बैठकमा ३० मिनेटभन्दा ढिलो उपस्थित हुने, उपस्थित भएर बैठक बीचमा छाड्नुपर्ने र बैठकको बीचमा बाहिर गएर फर्किनुपर्ने अवस्थामा फारम भर्नुपर्नेछ ।