काठमाडौं, भदौ २ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री भट्ट पहिला विश्वासको मत लिने र त्यसपछि मात्रै मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा छन्। यसअघि आजै विश्वासको मत लिने तयारी भएपनि अन्ततः भोलीका लागी प्रदेश सभा वैठक आह्वान गर्ने तयारी छ । आज नेकपा संसदीय दलको बैठक बस्ने र त्यसपछि प्रदेश सभा वैठक आह्वान गर्ने तयारी रहेको जनाइएको छ ।
नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेको गठबन्धनमा मुख्यमन्त्री बनेकै दिन मुख्यमन्त्री भट्टले नेकपाका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका छन्। तर नेकपाबाट मन्त्री बन्नेहरुको टुंगो अझै लाग्न नसक्दा मुख्यमन्त्री भट्टले आफ्नो दलको भागमा परेका मन्त्रालयमा अझै मन्त्री नियुक्त गर्न सकेका छैनन् ।
नयाँ सत्ता समीकरणमा नेकपाले मुख्यमन्त्री र तीन मन्त्रालय र नेकपा एमालेले तीन मन्त्रालय पाउने सहमति भएको छ । नेकपा एमालेका भागमा परेको अर्तमन्त्री, सामाजिक बिकास मन्त्री, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र एक राज्यमन्त्री नियुक्त भैसकेका छन् ।




प्रतिक्रिया