चिकित्सा शिक्षा आयोगको निर्देशकमा ३ जना नियुक्त


काठमाडौँ । चिकित्सा शिक्षा आयोगको निर्देशकमा ३ जना चिकित्सक नियुक्त भएका छन् ।

आयोगको रिक्त रहेका निर्देशक पदमा डा। सन्ध्या चापागाईं, डा सँगरत्न बज्राचार्य र डा दीपेन्द्र श्रेष्ठ नियुक्त भएका हुन् । क्यान्सर रोग विशेषज्ञ डा.चापागाईंलाई आयोगको परीक्षा निर्देशनालयको निर्देशकको जिम्मेवारी दिइएको छ ।

फार्माकोलोजीका विज्ञ डा. बज्राचार्य नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको निर्देशकमा नियुक्त भएका छन् ।

यस्तै, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. श्रेष्ठलाई आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयको निर्देशक नियुक्त गरिएको छ ।