सङ्घीय संसद्का दुई समितिको बैठक बस्दै


काठमाडौं, भदौ ५ । आज सङ्घीय संसद्का दुई समितिको बैठक बस्दै छ । आज प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठक बस्दै छ भने संयुक्त समिति संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ ।

आज बिहान साढे ९ बजेदेखि सुरु हुने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहने समितिले जनाएको छ । बैठकमा अर्थमन्त्री, सचिव, कानुन सचिव र नेपाल राष्ट्र बैङ्कका प्रतिनिधिलाई समेत बोलाइएको समितिले जनाएको छ ।

बिहान साढे ९ बजेदेखि बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा सूचना माग भएको विषय र अभिमुखीकरण कार्यक्रम सम्बन्धमा छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।