काठमाडौं, भदौ ५ । काठमाडौं महानगरपालिका क्षेत्रका चारवटा निजी विद्यालयले नाम र स्थान परिवर्तन गर्ने तयारी गरेका छन्। ती विद्यालयलका सञ्चालकले नाम र स्थान (ठेगाना) परिवर्तनको लागि काठमाडौं महानगरपालिकामा निवेदन दिएका छन्।
महानगरपालिकाको शिक्षा विभागले आज गोरखापत्र दैनिकमा सूचना जारी गर्दै सम्बन्धित शैक्षिक संस्थाको नाम र स्थान परिवर्तन सम्बन्धमा कुनै व्यक्ति वा संस्थाको कुनै पनि किसिमको दाबी/विरोध भएमा ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ।
काठमाडौं महानगरपालिका- ६ बौद्धमा रहेको बुद्ध पशुपति इङलिस बोर्डिङ स्कुल, काठमाडौं महानगरपालिका- ३० मा रहेको साई शिक्षा निकेतन, त्यसैगरी ज्ञानेश्वरमै रहेको मानवी एकेडेमी र बौद्धमै रहेको मञ्जुश्री सामुदायिक विद्यालयले नाम र स्थान परिवर्तन गर्न चाहेका महानगरले जनाएको छ।





प्रतिक्रिया