काठमाडौं, भदौ ५ । काठमाडौंको बाँसबारीमा साढे दुई तले घर भासिएको छ । काठमाडौं महानगरपालिका वडा नं. ३, बाँसबारीमा रहेको उक्त घर भासिएको हो । काठमाडौं महानगरपालिकाका अनुसार न्यु गण्डकी गेष्ट हाउस सञ्चालन रहेको उक्त घर बिहीबार बेलुका करिब ८ बजे भासिएको हो ।
महानगरपालिकाले वर्षाका घर भासिएको जनाएको छ । यो घरमा अहिले कोही नरहेकोले मानवीय क्षतिको जोखिम भने नरहेको महानगरपालिकाले जनाएको छ ।




प्रतिक्रिया