रसुवा बाढीः भक्तपुर जिल्लाका २८ व्यक्ति सम्पर्कविहीन


ख्वप (भक्तपुर), १२ भदौ । भक्तपुर जिल्लाका २८ व्यक्ति सम्पर्कविहीन भएका छन् । बुधबार भोटेकोशीमा आएको बाढीका कारण अलपत्रमा परेकाहरु सम्पर्कविहीन भएका हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरले आज बिहान दिएको जानकारीअनुसार परिसरमा २८ परिवारले सम्पर्क गरी आफन्त खोजिदिन आग्रह गरेको जानकारी दिए ।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपक कार्कीले अलपत्रमा परेकाहरुको खोजी भइरहेको जानकारी दिए ।