बेइजिङ । दक्षिण-पश्चिम चीनको सिचुआन प्रान्तस्थित लोङचाङ सहरमा शुक्रबार ५.१ म्याग्निच्युडको भूकम्प गएको छ। चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी) का अनुसार बेइजिङ समयअनुसार शुक्रबार दिउँसो १:१३ बजे सो भूकम्प मापन गरिएको हो।
भूकम्पको केन्द्रबिन्दु २९.२३ डिग्री उत्तरी अक्षांश र १०५.२२ डिग्री पूर्वी देशान्तरमा तथा जमिनको सतहबाट १३ किलोमिटर गहिराइमा रहेको छ। भूकम्पबाट भएको सम्भावित भौतिक तथा मानवीय क्षतिको थप विवरण आउन बाँकी रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन्।
भूकम्पपछि सो क्षेत्रमा सुरक्षा सतर्कता बढाउँदै अनुगमन तीव्र पारिएको छ।




प्रतिक्रिया