काठमाडौं । गत बुधबार बिहान(भदौ १० गते ) रसुवाको भोटेकोसीमा आएको भीषण बाढिका कारण देशमा ठूलो जनधनको क्षति पुर्याएर मुलुक शोकमा डुबिरहेका बेला नेपाली कांग्रेसको इतर समूह भने १५औँ महाधिवेशनको तयारीमा जुटेको छ।
बाढीबाट प्रभावित नागरिक उद्धार, राहत र पुनःस्थापनाको पर्खाइमा रहेका बेला कांग्रेसको इतर समूहले भने महाधिवेशनको कार्यतालिका ल्याउने तयारी अघि बढाएको हो।
समूहले शनिबार विज्ञप्ति जारी गर्दै आगामी भदौ १७ गते केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक बोलाएको जनाएको छ।

बैठक इतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा बस्नेछ। बैठकमा १५औँ महाधिवेशनको तयारी तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ।
मुलुक प्राकृतिक विपत्तिको गम्भीर संकटमा रहेका बेला जनताको पीडा र राहतभन्दा पार्टीभित्रको नेतृत्व, पद र महाधिवेशनको तयारीलाई प्राथमिकता दिएको भन्दै इतर समूहको यो कदममाथि गम्भीर प्रश्न उठ्न थालेको छ।
बाढीपछि विभिन्न स्थानबाट यो समाचार तयार पार्दै गर्दासम्म ६६९ जनाको शव फेला परेको छ भने २ हजार ३६२ जना अझै वेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ।
सरकारले उद्धार तथा खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ भने प्रभावित क्षेत्रमा राहत, सडक तथा सञ्चार सम्पर्क पुनःस्थापनाको कामसमेत अघि बढाइएको छ।
उद्वारको लागि भारतबाट विशेष प्राविधिक टोलि आएर आज बाढी प्रभावित क्षेत्रमा रहेका सुरुङहरुको स्थलगत निरिक्षण गरेको छ । त्यस्तै, यसअघि चिनबाट पनि ६ सदस्यीय सुरुङ विज्ञ टोलि नेपाल आइपुगिसकेको छ ।




प्रतिक्रिया