बहराइनमाथि नेपालको ७ विकेटको शानदार जित


काठमाडौं । एसीसी पुरुष प्रिमियर कप २०२६ मा नेपालले विजयी सुरुवात गरेको छ । समूह‘‘ए’मा रहेको नेपालले आफ्नो पहिलो खेलमा बहराइनमाथि ७ विकेटको फराकिलो जित दर्ता गरेको हो ।

बहराइनले प्रस्तुत गरेको ८८ रनको मामूली लक्ष्यलाई नेपालले मात्र २१ ओभरमा ३ विकेट गुमाउँदै सहजै पूरा गर्‍यो ।

बहराइनका लागि फियाज अहमदले १५ रन बनाए भने मुहम्मद वासिमले १३ र अलि दाउदले १० रन जोडे । बहराइन ३६.२ ओभरमा अलआउट भएको थियो ।

नेपालको लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा चार मेडनसहित मात्र १४ रन दिएर पाँच विकेट लिए । ललित राजबंशीले तीन र करण केसीले दुई विकेट लिए ।

जवाफी ब्याटिङमा नेपालका ओपनर अर्जुन कुमाल ३६ रनमा अविजित रहँदा रोहित पौडेलले १४ बलमा १९ रन बनाए ।

आसिफ शेखले १९ रन जोडे । खेल वाईएसडी युकेएम क्रिकेट मैदान, बङ्गीमा भएको थियो ।