सरकार प्रभावित क्षेत्रको खोज र उद्धारमा केन्द्रित छः प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सरकार बाढी प्रभावित क्षेत्रमा खोज र उद्धारको कार्यमा केन्द्रित रहेको जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमा आज एक स्ट्याटस लेख्दै उनले रसुवाको भोटेकोशी नदीमा गएको बाढी पछिको अवस्थाबारे जानकारी गराएका हुन् ।

छैटौँ दिनसम्म आइपुग्दा सरकार खोज, उद्धार, उपचार, राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढता र सक्रियताका साथ लागिरहेको जानकारी गराउँदै उनले अग्रपंक्तिमा रहेर आफ्नो ज्यानको समेत वास्ता नगरी प्रभावित क्षेत्रमा परिचालित सम्पूर्ण सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, मिडिया, विभिन्न निकायका पदाधिकारीहरुलगायतको भूमिका कदरयोग्य र प्रशंसनीय रहेको बताए ।