धादिङ, १६ भदौ । नेपाल तरुण दलले विपद्को कठिन परिस्थितिमा स्वास्थ्य संस्थाको सरसफाइ तथा व्यवस्थापनलाई प्राथमिकता दिँदै बैरेनी अस्पतालमा सरसफाइ तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गरेको छ।

नेपाल तरुण दल केन्द्रबाट खटिएका तरुण स्वयंसेवकहरूको सक्रिय सहभागितामा सञ्चालन गरिएको कार्यक्रममा अस्पताल परिसरको सरसफाइ, फोहोर व्यवस्थापन तथा आवश्यक स्थानहरूको व्यवस्थित गर्ने कार्य गरिएको हो।

कार्यक्रममा नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला अध्यक्ष सञ्जय लामाज्यू, नेपाल तरुण दलका जिल्ला अध्यक्ष रूपेश कुरुङज्यू लगायत केन्द्रबाट खटिएका तरुण साथीहरूको सहभागिता रहेको थियो।

विपद्को समयमा नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुर्याउने उद्देश्यले अस्पताल तथा सार्वजनिक स्थलको सरसफाइ र व्यवस्थापन अभियानलाई निरन्तरता दिइएको नेपाल तरुण दलले जनाएको छ।

मानवीय सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै नेपाल तरुण दलले विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार, सरसफाइ तथा व्यवस्थापनका कार्यलाई निरन्तर अघि बढाउँदै आएको छ।








प्रतिक्रिया