काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी बाढी प्रभावितहरुको लागि सरकारले सम्मान ढंगले राहत वितराण गर्नुपर्ने बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राहत पहुँचको आधारमा भन्दा पनि आवश्यकताको आधारमा गर्नुपर्ने बताए। ‘राहत पहुँचको आधारमा होइन , आवश्यकताको आधारमा होस्,’ उनले भने ।
राहत वितरणको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने उनतले बताए । वास्तविक पीडीत स्थानीय तहलाई मात्रै थाहा हुने उनको भनाइ छ ।




प्रतिक्रिया