काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रसुवा बाढीमा सरकारले सुरक्षा निकाय परिचालन गरे पनि आम जनपरिचालन गर्न पूर्ण रूपमा असफल भएको बताएका छन्।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । समस्या समाधानका लागि जनपरिचालन गर्न सरकारलाई पटक–पटक ध्यानाकर्षण गराएको पनि उनले बताए ।
‘सेना परिचलान भयो, जनपरिचालन भएन । जनपरिचालन नहुँदासम्म यो समस्याको वास्तविक समाधान असम्भव जस्तै हुन्छ भनेर पनि मैले भनेँ,’ उनले भने ।
त्यस्तै प्रधानमन्त्री वालेन्द्र शाहले देशमा यस्ते संकट आउँदा पनि कुनै विनम्रता र सहकार्यको भाव नदेखाएको गुनासो गरे ।
उनले भने, ‘प्रधानमन्त्रीजी यहाँ आएर ब्रिफिङ गर्नुभयो । त्यसका लागि धन्यवाद । तर, यहाँ बोल्नुभयो हिँड्नुभयो, उहाँले हाम्रो मुखसमेत हेर्न चाहनुभएन । यस्तै व्यवहारले सहकार्य हुनसक्छ ?’




प्रतिक्रिया