१५ औँ महाधिवेशन मंसिरमा गर्ने देउवा समूहकाे प्रस्ताव


काठमाडौ‌ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५ औँ महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव गरेको छ।

चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव भएको हो।

बैठकमा असोज १५ गते वडा, २० गते पालिका, आज २३ गते प्रदेश निर्वाचन एवम् प्रतिनिधि सभाको निर्वाचन क्षेत्र, कात्तिक १५ गते जिल्ला र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने प्रस्ताव भएको छ।