काठमाडौ । भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
बुधबार राति ८ बजेसम्मको विवरणअनुसार मृत भेटिएकामध्ये ३८ बालक, ४३ बालिका, ४०६ पुरुष र २३६ महिला रहेका छन्। त्यस्तै, ४२१ जनाको आंशिक अंग फेला परेको छ भने ८२ जनाको पहिचान खुल्न सकेको छैन।
प्रहरीका अनुसार बाढीपछि अझै ४ हजार ८७५ जना बेपत्ता छन्। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया