खप्तड फाल्कोन्सलाई सोझो सेटमा हराउँदै सगरमाथाले निकाल्याे दोस्रो जित


काठमाडौं । सगरमाथा स्म्यासर्सले नेपाल भलिबल लिग (एनभीएल) मा लगातार दोस्रो जित निकालेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सगरमाथाले खप्तड फाल्कोन्सलाई सोझो सेटमा हराएको हो ।

सगरमाथाले खेल २५–१८, २५–१८, २५–१९ ले आफ्नो पक्षमा पार्‍यो । लगातार दोस्रो जितसँगै सगरमाथाले ६ अंक जोडेको छ । खप्तडले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

सगरमाथाले पहिलो खेलमा मधेस वारियर्सविरुद्ध ३–१ सेटको जित निकालेको थियो । अब खप्तडले आइतबार तथा सगरमाथाले सोमबार कर्णाली शिवराजको सामना गर्नेछन् । शनिबारै सम्पन्न पहिलो खेलमा काठमाडौं रेड्सले मधेस वारियर्सविरुद्ध ३–२ सेटको रोमाञ्चक जित निकालेको थियो ।