काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रसुवाको भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका लागि उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणसम्बन्धी २४ बुँदे विशेष प्रस्ताव पारित गरेको छ।
नेकपा केन्द्रीय कार्यालयको आइतबार बसेको बैठकले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, अस्थायी आवास तथा पुनस्र्थापना, अत्यावश्यक सेवा तथा पूर्वाधार पुनःसञ्चालनलगायतका विषयमा विशेष प्रस्ताव पारित गरेको हो।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा आइतबार बसेको बैठकले बाढीबाट प्रभावित क्षेत्रमा देखिएका समस्या तथा उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका चुनौतीबारे छलफल गरेको थियो।
बैठकले बाढी प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतसँगै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सरकार तथा सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएको छ।





प्रतिक्रिया