बाढीपीडितका लागि पाकिस्तानले पठायो १०० टन मानवीय सहायता


काठमाडौं । पाकिस्तानले नेपालका बाढी पीडितहरूका लागि १०० टन मानवीय सहायता पठाएको छ ।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले पठाएको राहत सामाग्री आइतबार राति काठमाडौं आइपुगेको हो ।

आइतबार राति नै ती सामाग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाललाई हस्तान्तरण गरिएको थियो ।

नेपालका लागि पाकिस्तानका राजदूत मुहम्मद अमिर खानले उक्त राहत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका थिए ।