काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । आज(सोमबार) दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् ।
रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्र पुगेर आएपछि उनले सम्बोधन गर्न लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेलले आज नुवाकोट र रसुवामा पुगेर बाढी प्रभावित क्षेत्र र बाढी पीडित नागरिकहरुलाई पनि भेट गरेका थिए ।




प्रतिक्रिया