काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगााएका छन् ।
शुक्रबार गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको संस्थाको ‘समीक्षा तथा भावी योजना’ विषयका कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन,’ उनले भने, ‘यो मेरो आफ्नो बुझाइमा मात्र हैन, हि हेट्स प्राइभेट सेक्टर।’
उनले प्रधानमन्त्री शाहका बारेमा आफूले अनुमानका भरमा टिप्पणी नगरेको पनि प्रष्टीकरण दिए । ‘मैले अनुमानको आधारमा भनेको होइन । उहाँको पछिल्ला कतिपय अभिव्यक्तिहरू, कतिपय उहाँका निर्णयहरू यस्तै छन् ।’
सभापति थापाले दुग्ध विकास संस्था, हेटौडा कारखाना, नेपाल औषधि लिमिटेडबारे सरकारले गरेको निर्णयहरूलाई आधारका रुपमा प्रस्तुत गरे ।




प्रतिक्रिया