के यो देशमा सरकार भन्दा ठूलो माफिया नै हो त ? : आशिका तामाङ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले मुलुकमा देखिएको ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले ग्यास अभावको गुनासो लिएर आफूलाई दैनिक हजारौं फोन आउने गरेको बताइन्। बजारमा ग्यास सिलिन्डर उपलब्ध हुँदाहुँदै पनि कतिपय पसलेले बिक्री गर्न नमानेको गुनासोसमेत आउने गरेको उनको भनाइ छ।

‘‘यो त लासामा सुन छ कान मेरो बुच्चै छ जस्तो भएन र सभामुख महोदय ?’ उनले भनिन्, ‘के यो देशमा सरकार भन्दा ठूलो माफिया नै हो त ? यसको जवाफ यस सदनको सबैभन्दा नजिकको व्यक्तित्व सभामुखज्यूबाट नै पाउनेछु भनेर आस गरेको छु ।’