काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले बजारमा देखिएको एलपी ग्यासको अभाव र यसको सहज आपूर्तिको विषयमा छलफल गर्न आज बेलुकी ५ बजे विशेष छलफलको आह्वान गरेका छन् ।
बजारमा ग्यासको सहज आपूर्ति र वितरण प्रणालीलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न मन्त्री साहले आज बेलुकी ५ बजेका लागि उद्योगी तथा सम्बन्धित उद्योगीहरूलाई बैठकमा आमन्त्रण गरेका हुन् ।
पछिल्लो समय ग्यास नपाएर नागरिकहरूले लाइनमा बस्नुपरेको र विभिन्न स्थानमा कालोबजारी बढेको गुनासो बढेसँगै मन्त्री साहले यसमा चासो देखाएका छन् । छलफलमा ग्याससँग सम्बन्धित विभिन्न निकायहरुलाई बोलाइएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।




प्रतिक्रिया