काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण अस्पताल घटनालाई गम्भीरतापूर्वक लिएको बताएकी छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले अस्पताल बाहिर ३० वर्षीया बबिता पासवानले बच्चा जन्माएको घटनाबारे उठाएका प्रश्नको जवाफ दिँदै उनले मन्त्रालयले घटनालाई गम्भीरतापूर्वक लिएको बताइन् ।
‘मातृ तथा नवजात शिशुको जीवन रक्षा, सुरक्षित प्रजनन् तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएकोले राजविराजको घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ,’ मन्त्री मेहताले भनिन् ।
मन्त्री मेहताले मन्त्रालयले घटनाको छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा.सुपर्भा श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय एथिकल कमिटी गठन गरेको जानकारी दिइन् । समितिले स्थलगत छानबिन गरिसकेको मन्त्रीले बताइन् । घटनाका बखत ड्युटीमा रहेका कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाई छानबिन सुरु गरिएको उनले जानकारी दिइन् ।




प्रतिक्रिया