चिनियाँ राष्ट्रपति सी भारत प्रस्थान



बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औा ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार बेइजिङबाट भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति सी सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सीको प्रतिनिधिमण्डलमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो स्थायी समितिका सदस्य तथा केन्द्रीय समितिको सामान्य कार्यालयका निर्देशक काई छी र राजनीतिक ब्युरो सदस्य तथा चिनियाँ विदेशमन्त्री वाङ यी पनि सहभागी छन् ।

१८औँ ब्रिक्स शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूबीच आर्थिक सहकार्य, विश्वव्यापी शासन, विकास तथा अन्तर्राष्ट्रिय मुद्दाबारे छलफल हुने अपेक्षा गरिएको छ । रासस/सिन्ह्वा