प्रधानसेनापति सिग्देल चीन प्रस्थान


काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन् । उनी केहीबेर अघि चिन प्रस्थान गरेहाक हुन् ।

२८ भदौदेखि ३ असोजसम्म उनी चीन भ्रमणमा रहने सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेइजिङमा आयोजना हुने १३औं बेइजिङ स्याङसन फोरममा सहभागी हुने बताइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग केसीले उनलाई बिदाई गरेका थिए ।

भ्रमणले दुई देशको सैनिक सम्बन्ध बिस्तार हुने र सैनिक कुटनीतिकमार्फत नेपालको परराष्ट्र नीतिलाई समृेत योगदान पुग्ने बताइएको छ ।

उनी भ्रमणमा रहेको बेला बलाधिकृत रथीले केसीले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन् ।