वाग्मतीसहित तीनवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेकाे जनाएकाे छ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । 

तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।  कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

विभागले राति कोसी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा लुुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

कोसी र गण्डकी  प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा, वाग्मती प्रदेशका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ । 

कोसी प्रदेशको तराई भूभागका केही,  मधेस प्रदेश  तथा वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका एकदुई स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।