भक्तपुर, सूर्यविनायक नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन ६८ ग्राम ८ सय ३० मिलिग्राम सहित ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी सुरूङ्गा नगरपालिका-६ घर भएका २६ वर्षीय अन्जनी नन्दन चौधरी, बलान बिहुल गाउँपालिका-१ घर भएका २० वर्षीय निकेश यादव र सिराहा लहान नगरपालिका-१५ घर भएका २३ वर्षीय सुशान्त चौधरी रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया