जनकपुरधाम । जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा. सीके राउत निर्वाचित भएका छन् । पार्टीको दोस्रो महाधिवेशनबाट उनी निर्विरोध निर्वाचित भएका हुन् ।
आज भएको मनोनयनमा अध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदमा निर्वाचन हुने सम्भावना छ । जनमत पार्टीको महाधिवेशन आगामी असोज ९ र १० गते वीरगंजमा हुँदै छ ।
उम्मेदवारको प्रारम्भिक सुचीअनुसार ७ जना उपाध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष पदमा वसन्तकुमार कुशवाहा रौतहट, अनिता साह धनुषा, अनिता मण्डल सिरहा, डा जयकान्त राउत सप्तरी, नरेन्द्र प्रसाद चौधरी कपिलवस्तु र माधवप्रसाद सिंह पर्साको उम्मेदवारी परेको छ ।
सोही पदमा राजकुमार यादव त्यागी सिरहा, डा कमरुल्लाह अंसारी बारा, सञ्ज्य कुमार मिश्र रुपन्देही, मदनेशकुमार चौधरी सप्तरी, परमेश्वर मुर्मु मोरङग, रोसन खातुन बारा, हरपाल सिंह सोडी बाँके र मनोहरी देवी वैठा सर्लाहीको उम्मेदवारी परेको छ ।
जनमत पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजेशकुमार मण्डलका अनुसार एकजना महासचिव पदमा ममता झा सप्तरी, चन्दन कुमार सिंह महोतरी र संजय कुमार यादव सिरहाको उम्मेदवारी परेको छ ।
एक उप महासचिव पदमा निर्मलकुमार मण्डल सिरहा र ललितचन्द्र मल्लिक रौतहटको उम्मेदवारी परेको छ । ७ जना निर्वाचित हुने सचिव पदमा १० जनाको उम्मेदवारी परेको छ । सन्तोषकुमार सहनी धनुषा, सुरेन्द्र शर्मा मधेशी सप्तरी, हरेन्द्र चौधरी रौतहट, अन्जनीदेवी महोतरी, रोहित महतो सिरहा, पारसप्रसाद साह बारा, राधाकुमारी यादव बाके, बाल गोविन्द चौधरी नवलपरासी, वीरेन्द्र महतो ९ जीवन त्यागी ० महोतरी र रामवावु साह बाराको उम्मेदवारी सचिव पदमा परेको छ ।
पार्टीको कार्यकारिणी सदस्यमा सप्तरीबाट थानेश्वरप्रसाद साह, शम्भुकुमार साह, महेश प्रसाद यादव, रामगमन साह, मंजुकुमारी चौधरी, उपेन्द्रप्रसाद साह, संजीवनारायण यादव, संजयकुमार यादव, देवनारायण साह, सुरतलाल साह, विशेश्वर रजक, प्रियंकाकुमारी संत, मुकेश मैरता र शिवनन्दन महतोको उम्मेदवारी परेको छ ।
यस्तै कार्यकारिणी सदस्यमै रौतहटबाट व्रजकिशोर राय यादव, रामलाल राय यादव, डा। रामशंकर ठाकुर, विजयप्रसाद पटेल र मो असदुल्लाल को उम्मेदवारी परेको छ ।
सोही पदमा सिरहाका गोपालप्रसाद यादव, अरविन्द सहनी, दुष्यन्तकुमार कर्ण, विनोदकुमार यादव, रंजीतकुमार साह, जागेश्वर साह तेली, प्रदीपकुमार महतो र रामजुलुम साहले उम्मेदवारी दिएका छन् ।
महोतरीका सन्तबहादुर साह, वीरेन्द्रकुमार मण्डल र कौशलेन्द्र गिरी धनुषावाट डा। सुरेन्द्रप्रसाद यादव, मो सावीर राइन, अशोककुमार साह, व्रहमदेव महतो, संजय प्रधान, रामपुकार यादव र संजय कुमार ठाकुरको उम्मेदवारी परेको छ ।
कार्यकारिणी सदस्यमा अमिरुल्लाह जोल्हा नवलपरासी पश्चिम, विनोदकुमार चौधरी कपिलवस्तु, श्यामसुन्दर साह काठमाडौँ, दीपिका यादव बर्दिया, आशाकुमारी मेहता सुनसरी , निलुकुमारी चौधरी र शिवचरण केवट, लक्ष्मी चौधरी र धीरजकुमार चौधरी रूपन्देहीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै बाराबाट सद्दाम अंसारी, राजकुमार कुशवाहा, फिरोज अंसारी, राजुप्रसाद साह , शिवनाथप्रसाद पट्टेल, सुरेशप्रसाद, विकासकुमार सिंह , सन्तोषप्रसाद पट्टेल, गाजानन्दप्रसाद यादव, राजेश साह र वीजय गुप्ताको उम्मेदवारी परेको छ ।
पर्साबाट कार्यकारिणीमा राज गिरी, नाजमा खातुन, अनितादेवी रौनियार, मालती कुशवाहा, विनय यादव र सन्तोष साहको उम्मेदवारी परेको छ ।
निलम पासमान रुपन्देही, वीरेन्द्र कुमार मण्डल मोरङ, अमृतलाल महतो झापाको उम्मेदवारी पनि कार्यकारिणी सदस्यमा परेको छ । सर्लाही जिल्लावाट सोही पदमा श्रीचन राय यादव, सुवोधकुमार मण्डल, कलिम र सुनिलप्रसाद गुप्ता, विष्णुप्रसाद गुप्ता बाँके लगायतकाको उम्मेदवारी परेको छ ।




प्रतिक्रिया