काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ ।
संसद् सचिवालयले आकस्मिक कारणले गर्दा निर्धारित कार्यसूची हटाइएको जानकारी दिएको छ ।
सचिवालयले जारी गरेको सन्देशमा भनिएको छ– ‘आकस्मिक कारणले गर्दा निर्धारित कार्यसूची हटाई संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुन सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि छलफल र अनुमोदन गरियोस् भन्ने कार्यसूची राखिएको ब्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ।’
यसअघि अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको थियो।




प्रतिक्रिया