काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा साेमबार आफूले लचाइरहेकाे बसमा आगाे लगाएर आत्मदाहको प्रयास गरेका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ का अर्जुन दोङको उपचारका क्रममा मृत्यु भएको छ।
दोङको मृत्युको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै उनका परिवार र आफन्तहरु अहिले कीर्तिपुरस्थित बर्न अस्पताल परिसरमा प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले घटनाको सत्यतथ्य छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्याय र उचित क्षतिपूर्तिको माग गरेका छन्।
मृतक दोङकी श्रीमती र एक छोरासमेत न्यायको माग गर्दै प्रदर्शनमा सहभागी छन्। परिवारले अर्जुन दोङलाई जबर्जस्ती मृत्यु रोज्न बाध्य पारिएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।




प्रतिक्रिया