काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी ओलीलाई हटाउन नखोजेको बताएका छन् । पार्टी केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सम्बोधनको क्रममा पोखरेलले ओलीलााई हटाउन खोजेको नभई पुनर्गठनको सुझावलाई गलत रूपमा बुझिएको बताए ।
अध्यक्ष र आफूबीच फाटो ल्याउन खोजिएको भन्दै अध्यक्षले पनि आफूलाई हटाउन खोजेको रूपमा बुझ्न नहुने बताएको एक नेताले जानकारी दिए । ‘अध्यक्षले मैले हटाउने कुराको बुझ्नुभएछ । कार्यदलमा आएको सुझावको आधारमा अब सबैजना कोर्स करेक्सनमा जानुपर्छ भनेका हौँ । उहाँ र मेरो बीचमा फाटो ल्याउन खोजियो । दूरी बढ्यो,’ उनले भने ।
आजको बैठक पनि अध्यक्ष केपी शर्मा ओली आफैँले सञ्चालन गरिरहेका छन् ।
सुरूमा ओलीले पदाधिकारीहरुलाई बोल्न समय दिएका थिए । उनले एकजना पदाधिकारीलाई १५ मिनेट समय तोके । तर, उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेलले मात्र कुरा राखेका छन् ।
अहिले केन्द्रीय सदस्यहरूले वर्णानुक्रमअनुसार बोलिरहेका छन् ।




प्रतिक्रिया