काठमाडौँ । विभाजन र ध्रुवीकरणको निरन्तर चक्रबाट गुज्रिरहेको नेपाली वामपन्थी राजनीतिमा पुनः एकताको बहस सुरु भएको छ। यही क्रममा नेपाली कम्युनिस्ट पार्टीले छरिएर रहेका विभिन्न कम्युनिस्ट तथा वामपन्थी घटकहरूलाई एउटै मोर्चामा ल्याउन औपचारिक पहलकदमी थालेको छ।
पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजक समितिको बैठकले वामपन्थी एकता र सहकार्यको सम्भावना खोजी गर्न एक औपचारिक वार्ता समिति गठन गर्ने निर्णय गरेको हो।
तीन सदस्यीय सो वार्ता समितिमा पार्टीका प्रभावशाली नेताहरू देव गुरुङ, प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ रहेका छन्।
गठित समितिले विभिन्न कम्युनिस्ट समूहहरूसँग प्रारम्भिक संवाद सुरु गर्ने, विचार तथा नीतिगत सामीप्यका आधारहरू पहिल्याउने र एकता वा मोर्चाबन्दीको ठोस खाका तयार पार्ने जिम्मेवारी पाएको छ।




प्रतिक्रिया