प्रतिनिधि सभामा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ पेश


काठमाडौं । प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ पेश गरिएको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पेश गरे उक्त विधेयकलाई सदनले विचारार्थ प्रश्तुत गर्न अनुमति प्रदान गरेको हो । बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रश्तुत गरे ।

मन्त्री लम्सालले सो विधेयक प्रश्तुत गर्न अनुमति माग्दै पेश गरेको प्रस्तावमाथि कुनैपनि सदस्यबाट विरोधको सूचना नपरेपछि सभामुखले विधेयक प्रश्तुत गर्न अनुमति दिएका थिए ।

विधेयक पेश गर्दै मन्त्री लम्सालले फोहरमैलाको उत्सर्जन, संकलन, विसर्जन र समग्र व्यवस्थापनमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको भुमिका र जिम्मेवारीलाई थप स्पष्ट पार्न आवश्यक रहेको बताए ।