प्रतिनिधिसभाः फोहरमैला व्यवस्थापन विधेयक प्रस्तुत


काठमाडौँ, ७ असोज । प्रतिनिधिसभाको आजको बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गरेका छन् ।

बैठकमा सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै पनि सूचना प्राप्त नभएपछि मन्त्री लम्सालले विधेयक प्रस्तुत गरेका हुन् ।