बटवल। नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले पार्टीको आगामी १५ औं महाधिवेशनमा गगन थापालाई सर्वसम्मत रूपमा सभापति बनाइने बताएका छन्।
आज रूपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाणले पार्टीभित्र अहिले कुनै ठूला सैद्धान्तिक मतभेद र वैचारिक वादविवाद नरहेको दाबी गरे।
बुटवलबाट फर्किँदा आगामी महाधिवेशनमा कसलाई मतदान गर्ने भन्ने विषयमा कार्यकर्ताहरूमा कुनै द्विविधा नरहेको उल्लेख गर्दै खाणले भने, “आगामी महाधिवेशनमा गगन थापालाई सर्वसम्मतले सभापति बनाउँछौँ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ।”
उनले पार्टीलाई सुदृढ र एकताबद्ध बनाउन स्थानीय तहदेखि नै सहमति र सहकार्यको वातावरण बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।




प्रतिक्रिया