जापानका रोजगारदाता कम्पनीसँग सहकार्य गरी नेपालमा रोजगार मेला आयोजना गरिँदै


काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आगामी नोभेम्बर २०२६ मा जापानका रोजगारदाता कम्पनी तथा नेपालका इजाजतपत्रवाला वैदेशिक रोजगार व्यवसायी संस्थाबीच नेपालमा रोजगार मेला (Job Fair) सञ्चालन गर्ने तयारी भएको छ।
संघका महासचिव हिराबहादुर डाँगी (हरि) ले जापानका रोजगारदाता कम्पनीहरूको प्रत्यक्ष सहभागितामा नेपाली श्रमिकका लागि रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले रोजगार मेला आयोजना गर्ने सम्बन्धमा महत्वपूर्ण छलफल सम्पन्न भएको जानकारी दिए ।
उनका अनुसार छलफलमा जापानका रोजगारदाता कम्पनी र नेपालका इजाजतपत्रवाला वैदेशिक रोजगार व्यवसायी संस्थाबीच आवश्यक समन्वय तथा सहकार्य गर्ने तथा रोजगार मेलालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा विस्तृत छलफल भएको छ।


जापानी रोजगारदाता कम्पनीहरूको प्रत्यक्ष सहभागिताले नेपाली श्रमिकलाई जापानमा रोजगारीका अवसरबारे प्रत्यक्ष जानकारी तथा पहुँच बढाउने अपेक्षा गरिएको संघले जनाएको छ।