समानान्तर महाधिवेशनकाे तयारीमा देउवा, तोक्यो ५५ जिल्लामा संयोजक, कुन जिल्लामा को ?


काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारी अघि बढाउँदै ५५ जिल्लामा संयोजक तोकेको छ।

पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको महाधिवेशन आयोजक समितिले जिल्लागत संयोजक तोकेको हो। संयोजकहरूलाई डा. कोइरालाले हस्ताक्षर गरेको पत्र दिइएको नेता एनपी साउदले जानकारी दिए।

देउवा समूहले असोज १५ गते वडा अधिवेशन गर्ने तथा मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

कोशी प्रदेश :
पाँचथरमा डेकेन्द्रकुमार तामाङ, झापामा कृष्ण हुमागाईं, संखुवासभामा रामकुमार जीसी, भोजपुरमा धर्मराज राई, मोरङमा सुभाष पौडेल, खोटाङमा रोजन राई, ओखलढुंगामा बालगोविन्द राजभण्डारी र उदयपुरमा बसन्त बस्नेतलाई संयोजक तोकिएको छ। मोरङमा विनायक पन्त र उदयपुरमा गोविन्द चाम्लिङ सहसंयोजक छन्।

बागमती प्रदेश
दोलखामा ताराबहादुर खड्का, रामेछापमा जीतबहादुर मगर, रसुवामा उपेन्द्र लम्साल, धादिङमा गोपाल बिक, नुवाकोटमा श्रीराम श्रेष्ठ, सिन्धुपाल्चोकमा लालकाजी तामाङ, चितवनमा मिलन श्रेष्ठ, मकवानपुरमा भीम लामा, भक्तपुरमा दुर्लभ थापा, ललितपुरमा सुदर्शन घिमिरे र काठमाडौंमा जयकृष्ण महर्जनलाई जिम्मेवारी दिइएको छ। दोलखामा जयराम श्रेष्ठ सहसंयोजक छन्।

गण्डकी प्रदेश
गोरखामा भुगोल थापा, लमजुङमा रामकृष्ण कँडेल, कास्कीमा ऋषिराम काफ्ले, मनाङमा नाचोङ गुरुङ, पर्वतमा रामकृष्ण मल्ल, म्याग्दीमा हिराबहादुर पुन मगर, बागलुङमा सागर छन्त्याल र नवलपुरमा अशोक बस्ताकोटी संयोजक तोकिएका छन्।

लुम्बिनी प्रदेश
नवलपरासी पश्चिममा विकास घिमिरे, रुपन्देहीमा गुनाखर भुर्तेल, कपिलवस्तुमा अब्दुल मन्नान खाँ, पाल्पामा माधव नेपाल, अर्घाखाँचीमा लक्ष्मण पाण्डे, गुल्मीमा बेदबहादुर थापा, रुकुम पूर्वमा दत्तबहादुर बस्नेत, रोल्पामा मानबहादुर खत्री, प्युठानमा ईश्वरसिंह विष्ट, दाङमा गोपालराज शर्मा, बाँकेमा कृष्ण कार्की र बर्दियामा जग्गाप्रसाद पाण्डे संयोजक छन्।

कर्णाली प्रदेश
डोल्पामा देउप्रसाद बुढा, जुम्लामा हेम बुडथापा, मुगुमा कर्ण रावल, हुम्लामा सूर्यबहादुर शाही, कालिकोटमा मातृका सिंह, जाजरकोटमा राजजंग शाह, दैलेखमा मीनबहादुर विश्वकर्मा ‘मिलन’ र सुर्खेतमा ललित भट्टराईलाई संयोजक बनाइएको छ।

सुदूरपश्चिम प्रदेश
बाजुरामा धनराज पण्डित, बझाङमा हर्कजंगबहादुर सिंह, डोटीमा नरेन्द्रबहादुर सिंह, दार्चुलामा सुरेन्द्र अवस्थी, बैतडीमा वीरबहादुर विष्ट, डडेलधुरामा डिल्लीराज जोशी, कञ्चनपुरमा पदम बोगटी र कैलालीमा खेमबहादुर डगौरा थारू संयोजक तोकिएका छन्। कैलालीमा रामसमझ राना सहसंयोजक छन्।

मधेस प्रदेशमा भने हालसम्म कुनै पनि जिल्लामा संयोजक तोकिएको छैन।

साउदका अनुसार जिल्ला संयोजकहरूले सम्बन्धित जिल्लामा महाधिवेशन तयारी तथा संगठनसम्बन्धी आवश्यक काम अघि बढाउनेछन्।