देउवा पक्षको महाधिवेशनका लागि दैलेखमा मिन बहादुर विश्वकर्मालाई दिइयो जिम्मा


दैलेख । नेपाली कांग्रेस संस्थापनइतर समूहले १५औँ महाधिवेशनको तयारी जिल्ला तहसम्म तीव्र बनाएको छ। सोही क्रममा दैलेखको जिल्ला संयोजकको जिम्मेवारी युवा नेता मीनबहादुर विश्वकर्मा ‘मिलन’लाई दिइएको छ।

नेपाल तरुण दल दैलेखका अध्यक्षसमेत रहेका विश्वकर्मा डा. शेखर कोइरालानिकट मानिन्छन्। उनको नेतृत्वमा महाधिवेशन लक्षित संगठनात्मक तयारी, समन्वय र परिचालनका काम अघि बढाइने जनाइएको छ।